Thursday, July 21, 2011

स्याङजा जिल्ला - an Overview

Syangja
आँधी सेति ज्याग्दी दह्रौ बाड र झार खोला
डहरे थाप्ले हेर्दा लाग्छ आकाशलाई छोला छोला ।
प्राचीन अर्वाचीन दुवैको अद्धितीय सङ्गम स्याङजा ।
धर्म संस्कृती लोककलाको अतुलनीय सङ्गम स्याङजा ॥
चेतन कार्कीका यी हरफहरुले भनिरहेका छन पर्यटन क्षेत्रमा आकाश छुने हैसियत राख्छ स्याङजा जिल्ला ।
स्याङजा जिल्ला ग्रामिण पर्यटनको क्षेत्रमा नेपालको नमुना र पहिलो जिल्ला हो । पर्यटन बर्ष १९९८ मा नेपालमा पहिलो पटक ग्रामिण पर्यटनमा होम स्टेको अवधारणा सहित स्याङजाको शिरुवारीमा शुरु गरिएको थियो । यसको सफलताले मुलुकका धेरै गाँउहरु यो अवधारणा आफना गतिविधि अगाडि बढाइरहेका छन । स्याङजाको यो प्रयाशको सफलताले नेपालमा होम स्टे सम्बन्धमा निर्देशिका तयार हुदैछ । पर्यटन बर्ष २०११ को सन्दर्भमा पहिलो पर्यटन बर्षको शुरुवातले दोस्रो पर्यटन बर्षमा आइपुग्दा मुर्तरुप पाएको छ ।
पर्यटन नगरी पोखरा बाट १३ किमी बाट शुरुहुन्छ स्याङजा । घुम्तिहरुको जिल्ला हो स्याङजा सिद्धार्थ राजमार्गको कुभिण्डे देखि राम्दि सम्मको ८२ किमी मा २५० भन्दा बढि घम्तिहरु छ । सुन्दर आँधिखोलाको किनार अनौठा र कलाही लाग्ने भिर पहरा कफि र सुन्तलाका बगैचाहरुले भरिएको पोखरा र लुम्बिनी जोडने यो मार्ग नै वास्तवमा पर्यटन मार्ग हो । समुन्द्र सतह देखि ३ सय ६६ देखि २५ सय १२ मिटर सम्मको उचाँइ रहेको जिल्लाको क्षेत्रफल १ हजार १ सय ६४ वर्ग किमी छ । आँधीले िसंचेको कालीले घेरेको यो भूमि पवित्र भूमि हो ।
जिल्लाको पर्यटनको विविधिकरण गर्ने हो भने धार्मिक पर्यटनका लागि श्रवणकुमार अन्धाअन्धी दह चण्डी स्थान मनकामना मन्दिर आलमदेवि मन्दिर गह्रौकालिका अकलादेवि भैरवस्थान छायाँक्षेत्र सेतिबेनी केलादीघाट राम्दी क्षेत्र आदी प्रशिद्ध तिर्थस्थलहरु छन । रामायणसंग जोडिएको श्रवणकुमारको समाधी क्षेत्र चिलाउनेवास गाविस ९ मा पर्दछ । भगवान रामका पिता दशरथ शिकार खेल्न आउने क्षेत्र स्याङजा जिल्ला हो । त्यसबखतमा मृगको शिकार गर्न वरपरका खोला नाल सुकाउथे सोहि कारणले चिलाउनेबास गाविस बाट श्रवणकुमार पानी लिन बाङसिङ गाविसको सरादीखोलामा पुगेका थिए । पानी भर्न खाज्दा आएको आवाजमा मृग ठनी बाण हान्दा श्रवणकुमार घाइते भए । उनलाई अन्धा वाआमा भएको स्थानमा पुर् याए त्यहि उनको मृत्यु भयो । विलापमा अन्धा बाआमाको पनि मृत्यु भयो । उनीहरुको आँसुकोकुण्डबाट आँधीखोला मुहान हो ।
वि। स। १०८ देखि निरन्तर पुजा भइरहेको यो मन्दिर शाहबंशीय राजाको कुल देवताका हुन । आलमदेवि गाविस ६ मा पर्ने यो मन्दिर सिद्धार्थ राजमार्गमा पर्ने गल्याङबजार देखि पश्चिममा पर्दछ । करिव ४०० बर्ष पुरानो भिमसेनपातिको बोट छ यो मन्दिरमा यहि पाति नै कुमार पुजारीले फुलका रुपमा भक्तजनले पाउदछन ।
स्वस्थानी ब्रत कथामा आधारित महादेवका पत्नि सतिदेविको अस्तु पतन भएको स्थान छाँयाक्षेत्र छाङछाङदी गाविसमा पर्दछ । सदरमुकाम स्याङजा बजारबाट २२ किमी दक्षिणमा राजमार्गमा नै यसको प्रवेशद्धार रहेको छ ।
पिडिखोला गाविस ८ मा पर्ने सेतिबेनीमा रहेको शिला विश्व कै सबै भन्दा ठूलो शिला हो । यहाँ पुग्न कालीगण्डकी ए जलविद्युत केन्द्र रहेको स्थान मिर्मीबाट ४५ मिनेट स्टिमरमा यात्रा गर्नु पर्दछ । यहाँ वर्ष भरिमा ४८ भन्दा बढि मेला लाग्दछ ।
कालीगण्डकीको किनार स्याङजा र पाल्पाको सिमामा रहेको राम्दी धाम धार्मिक पर्यटनको गन्तब्य हो । तल्लो कालीगण्डकीको र् याफटिङ यात्राको शुरुवात विन्दु पनि यहि नै हो । र् याफटिङका लागि काली गण्डकीको अन्तर्राष्ट्रिय रुपमा चर्चा समेत छ । यहाँ नजिकै गुफा पनि छ ।
पैदल यात्राका लागि तनहँु देखि शुरु हुने मिलेनियम ट्रयाक पहाड देखि तराई जोडने जगत कुवाकोट साखर हुदै चितवन पुग्ने ट्रेकिङ सिरुवारी सिसे्रकोट हुदै मिर्मी काली गण्डकीे रानीमहल सम्मको रानीमहल ट्रेकिङ जस्ता पैदल मार्गहरु रहेका छन ।
ग्रामिण पर्यटनका सन्दर्भमा शिरुबारी सिसे्रकोट बुढाकोट खिलुङ सिरकोट मट्टीखान कृषि पर्यटनकालागि पित्लेक जस्ता सुन्दर गाँउहरु पर्यटकको स्वागतका लागि तयार अवस्थामा रहेका छ । जैविकविविधता ऐतिहासिक स्थान धार्मिक स्थल पंचासे पर्यटकहरुको आकर्षक स्थल लागि तयार अवस्थामा रहेको छ । नेपालको ग्रामिण पर्यटनको उदमस्थल शिरुवारी वर्ष भरि नै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागिरहन्छ । अहिले मुलुकको ग्रामिण पर्यटनको श्रोत केन्द्रको रुपमा विकास भइरहेको छ । सदरमुकाम देखि नै जाने गाडि लाग्दछ । बाडखोला बजारबाट करिव २८ किमीको दुरिमा रहेको यो गुरुङ बस्ति हो । स्वागत सत्कार अतिथी सत्कारको आधार भन्ने उदगार शिरुवारीमा प्रत्यक्ष देख्न पाइन्छ । सूयॊ्रदय स्थानीय खानाका परिकार नेपाली संस्कृति स्वागत सत्कार तथा ग्रामिण समुदाय ब्यवस्थापनका अद्धितिय नमुना गाँउ हो शिरुवारी ।
कृषि पर्यटन अर्को बिशेषता हो । जगतभायाङ गाविसमा पर्ने पित्लेक जहाँ सोलारबाट पानी लिफटिङ गरि तरकारी खेति गरिन्छ । बार्षिक १५ लाख केजी भन्दा बढि गोलभेडा मात्र उत्पादन हुन्छ । त्यस्तै कफि तथा अन्य तरकारीहरुको पनि उल्लेखनिय उत्पादन हुन्छ । यहि पक्षलाई समेटेर कृषि पर्यटनको अवधारणमा गाँउले विकास गरिरहेको छ । हाल सम्म ५५ जिल्लाका सयौ आन्तरिक पर्यटकलाई स्वागत गर्ने मौका पाइसकेको छ यो गाँउले । सिद्धार्थ राजमार्गमा रहेको मिर्दी बजारबाट पुर्व तर्फ हुदै जान सकिन्छ ।
ग्रामिण पर्यटनका लागि तयार रहेका गाँउ अतिथिको सत्कारका आफनो आफनो विशेषताले भरिएका छन । जिल्ला पर्यटन विकास समिति जिल्ला विकास समिति गाउ विकास समिति पर्यटन कार्यालय तथा नेपाल पर्यटन बार्डले पर्यटन सम्बन्धि अभिमुखिकरण गरिरहेको छ ।
जिल्ला ऐतिहासिक पर्यटनका लागि पनि उत्तीकै महत्वपूर्ण स्थानहरु रहेको छ । शाहबंशको प्रथम राज्य चौविसे राज्य र तिनको ऐतिहासिकता महत्वपूर्ण रहेका छन । नेपाल एकिकरणका सन्दर्भमा सतौकोटको युद्ध जहाँ गोरखाली फौजको ठूलो क्षतिका साथ हार बेहोर्नु परेको थियो । जसको सन्दर्भमा बैदिबैरी खोला रजस्थलरणस्थल बुझन र हेर्न अविश्मरणिय स्थान छ । ऐतिहासिक रुपमा नुवाकोट गह्रौसु भिरकोट ऐतिहासिक स्थानहरु जसमा अझै सम्म पनि रहेका दरवार कोतखाना टुडिखेल आदि रानीस्वाराहरु दर्शनिय स्थानहरु छन । साहसिक पर्यटनका लागि प्याराग्लाइडिङका लागि आरुखर्कको गलेम खिलुङ कुवाकोटको वायोडााडा सिसे्र्रकोट अत्यन्त्ा उपयुक्त मानिएका छन ।
३ वटा ट्रेकिङ रुट ८ वटा ग्रामिण पर्यटकिय गाँउ ५ भन्दा बढि गुफाहरु र धार्मिक पर्यटनका लागि प्रसिद्ध धाम तथा मन्दिरहरु साहसिक पर्यटनका लागि र् याफटिङ प्याराग्लाइडिङ पौराणिक ऐतिहासिक स्थलहरु मनोरम अनेकन थुम्का र बेसिहरुले सजिएको जिल्ला हो । गुरुङ मगर नेवार माझी संस्कृतिको अनुपम संगम रहेका छ । नेपालको ग्रामिण बस्ति सत्कार आत्मिय अनुभव स्थानीय खानाका परिकारका लागि स्याङजा संगम स्थल हो । धान देखि स्याउ सम्म फल्ने तराई दखि हिमालको अनुभव लिन सकिने नेपालको पूर्ण स्वाद छ स्याङजा जिल्लामा ।
जिल्ला पर्यटन विकास समितिले पर्यटन बर्ष भित्र आन्तरिक तथा बाहय पर्यटक गरि १ लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य लिएको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्पर्क समन्वय गरिएको छ । यस अभियानमा स्याङजाको अभियान राष्ट्रका लागि हो लक्ष्यलाई उपलब्धिमा बदल्न स्याङजाबासीहरु सम्बन्धित सबैमा सहयोगको अपेक्षा गर्दछ ।

No comments:

Post a Comment